काठमाडौंमा आजबाट महोत्सव जुुलुसमा रोक (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । असोज १४,  आजबाट काठमाडैंमा जथाभावि मेला जुलुस गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मेला र महोत्सव गर्न समेत रोक लगाएको छ ।

त्यस्तै गरी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने,  भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड १९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

सूचना:

 

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्