धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धनुषा । असोज १५, धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ज२त ९२८ नम्बरको ट्याक्टर र ज११प ८००७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किदा लक्ष्मीनिया गाउँपालिका–१ का ४५ वर्षीय जुगेश्वर साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।