किशोरीलाई प्रेमको अभिनय गरेर बेच्न लगेको आरोपमा एक युवक पक्राउ

काठमाडौं असोज १५, प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । किशोरीलाई बेच्नका लागी आफूतर्फ आकर्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए ।
जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए । जोगबनी नाकामा खटिएको प्रहरी टोलीले शंका लागेर किशोरीका अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो ।
किशोरी र आरोपीबीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी बुढाथोकीले बताए ।