८ नेताले पाए एनआरएनए चुनावमा समन्वय गर्ने जिम्मेवारी

सहयात्रा टिभी

काठमाडौं । असोज १७, नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको छ।

त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको बताईएको छ।

कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापालाई युरोप क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ। एशिया क्षेत्र भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले हेर्नेछन्।

साथै अमेरिका क्षेत्र हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दिइएको छ भने केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख रहेका गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति हेर्ने जिम्मेवारी दिइएको छ। साथै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई ओसियाना क्षेत्र हेर्ने जिम्मेवारी दिइएको हो।

 

प्रकाशित : 3 October, 2021

प्रतिक्रिया दिनुहोस्