डन्डीको भाउ ४ रुपैयाँले घटाउन निर्देशन

काठमाडौं । असोज १७, नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्यमा प्रतिकिलो ४ रुपैयाँ घटाएर बेच्न उद्योगीहरूलाई निर्देशन दिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको संघको भनाइ रहेको छ ।
फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।