पोखरामा यो वर्षको मनसुनका चार महिनामा सबैभन्दा बढी वर्षा

पोखरा । असोज १७, सिन्धुपाल्चोकको चौतारामा मनसुनका करिब चार महिना मध्यजेठदेखि मध्यअसोजसम्ममा औसत १६ सय ५४ मिलिमिटर वर्षा हुने गर्दछ।
असारको पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका क्षेत्रमा अत्याधिक मात्रामा वर्षा भयो र लेदोसहितको बाढीले मेलम्ची बजारसम्मै असर गर्यो, धनजनको ठूलो क्षति भयो ।
यस्तैगरी, पोखराको लुम्लेमा पनि यो वर्ष सरदर नजिक मात्र वर्षा भएको जनाईएको छ । यो वर्षको मनसुनमा लुम्लेमा ४५ सय ९७ मिमि मात्र वर्षा भएको छ । लुम्ले मुलुकको सबभन्दा बढी वर्षा हुने स्थान पनि हो । मनसुनका चार महिनामा सबभन्दा बढी वर्षा पोखरा (विमानस्थल) मा रेकर्ड भएको छ । पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३ हजार ६४ मिमि वर्षा हुन्छ, यो पटक ४२ सय ७० मिमि वर्षा भयो ।