सुनको मूल्य बढ्यो

काठमाडौं । असोज १७, साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता तेजावी सुनको मूल्य आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।