एनसेलको आकर्षक निःशुल्क सिम योजना सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असोज १७, एनसेलले ज्येष्ठ नागरिक लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् । साथै रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्ने छ ।

त्यस्तै ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।

साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सीमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म सञ्चालनमा रहनेछ ।

 

प्रकाशित : 3 October, 2021

प्रतिक्रिया दिनुहोस्