ईपीएलमा आज दुई खेल हुने

काठमाडौं । असोज १८, एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन् ।
त्यस्तै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा खेल्ने छन् भने क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क रहेको छ ।
आजको दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन् । पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ भने काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।