विमान दुर्घटनाः एक अर्बपतिसहित ८ को मृत्यु

काठमाडौं । असोज १८, उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा एउटा निजी विमान खस्दा विमानमा सवार सबै ८ जनाको ज्यान गएको छ ।
इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ ।
दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो भने दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् ।
-बीबीसी