शाहरुख खानका छोरा आर्यन हिरासतमा, लागूऔषध दुरुपयोगको आरोप

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, बलिउड अभिनेता किङ्ग खान अर्थात शाहरुख खानका छोरा आर्यन खान लागूऔषध दुरुपयोगको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई भारतीय लागूऔषध नियन्त्रण ब्युरो –एनसीबी)ले हिजो नियन्त्रणमा लिएका हो । शनिबार राति मम्बुईमा एनसीबीले छापा मारेको बताइएको छ ।

उक्त छापामा आठ जनालाई एनसीबीले नियन्त्रणमा लिएको र आर्यनसहित तीन जनालाई गिरफ्तार गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

आर्यनको जमानतका लागि आज (सोमबार) उनका वकिलले मुम्बईको सेशंस अदालतमा निवेदन दिने बताइएको छ ।

उनीसँगै पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई एनसीबीले हिरासतमा लिएको म्याद आज सकिँदैछ ।

यस्तै अन्य पाँच जनालाई एनसीबीले आज थप अनुसन्धानका लागि म्याद थप्न माग गर्दै आज अदालतमा पेश गर्दै छ ।

प्रकाशित : 4 October, 2021

प्रतिक्रिया दिनुहोस्