बैतडीमा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

बैतडी । असोज १९, बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् भने घाइतेहरुको अवस्था सामान्य रहेको छ ।