खानै नहुने कार्बोहाइड्रेड के के हुन त ?

सहयात्रा टिभी

काठमाडौं । असोज १९,  हामीले खाने दिनहु खानामा के के पाईन्छ ? अहिले धेरैले आफ्नो छाकबाट आलु कटौती गरेका छन्, धेरैले चामल पनि । चामल, आलु खाएमा मोटोपन बढ्छ, मधुमेह हुन्छ भन्ने आम बुझाई छ ।

शरीरमा ऊर्जाको मुख्य स्रोत कार्बोहाइड्रेट मुक्त खानाले कति असर गर्छ त रु पोषणविद् इन्द्रप्रसाद सिटौला शरीरमा कार्बोहाइड्रेटको मात्रा कम गराएर शरीर स्फूर्ति र ऊर्जावान बन्न नसक्ने बताउँछन् ।

त्यस्तै, चामलपछि मैदालाई खानामा प्रयोग गर्दैनन् । किनभने मैदामा छोक्राहरु निकालेर धेरै मिहीन ढंगले पिँधेको हुनाले यसमा धेरै कार्बोहाइड्रेट हुन्छ । सिटौला मैदामा ९५ प्रतिशतसम्म कार्बोहाइड्रेटको मात्रा पाइने बताउँछन् । तर गहुँमा मिनरल एवं फाइबरको मात्रा धेरै पाइन्छ । त्यसैले यसलाई किटोडाइट प्रयोग गरिरहेकाहरुले गहुँ प्रयोग गर्न सुझाव दिन्छन् तर मैदा खाँदैनन् ।

कार्बोहाइड्रेट नियन्त्रण किन ? 

धेरै कार्बोहाइड्रेट युक्त खाना खाँदा त्यो बोसोमा परिणत भएर शरीरमा जम्ने हुन्छ । या त यसरी बनेको बोसोलाई बढीभन्दा बढी शारीरिक अभ्यास गरेर जलाउनु प¥यो । होइन भने यो पग्लिन नपाउँदा शरीरको विभिन्न ठाउँमा जम्मा भएर बस्छ । मोटोपना भनेको बोसो जम्ने प्रक्रिया नै हो । त्यही बोसो सुकाउनु नै मोटोपना घटाउनु हो । सिटौला भन्छन् ‘बोसो र बेलुनको जस्तो प्रकृति उस्तै उस्तै हुन्छ । जस्तो बेलुनले पनि हावा थपिँदै गएपछि धेरै गाउँ लिँदै जान्छ, त्यसरी नै बेलुनले पनि धेरै ठाउँ लिँदै जान्छ । अनि शरीर मोटाएको जस्तो देखिन्छ ।’

के खाने कति खाने ? 

मोटोपना नियन्त्रण गर्ने बाहानामा एक सातामा ५ किलो घट्यौ भन्ने खालका कुराहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर एकैपटक यति धेरै तौल घटाउनु पनि स्वास्थ्यको लागि फाइदा जनक नहुने दाबी पोषणविद्को छ । सिटौला भन्छन् ‘यो नियमित प्रक्रिया हो र बिस्तारै बिस्तारै शरीरको तौल कम हुनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।’

जस्तो, कार्बोहाइड्रेड नियन्त्रणको बाहानामा मासु नै नखाने पनि होइन र धेरै मासु खाने पनि होइन । थोरै मात्रामा मासु खान मिल्छ । मासुको सवालमा बच्चाको उमेर र तौलको आधारमा कति खान मिल्ने भन्ने फरक अंक हुन्छ । बढीजसो ५० देखि ६० वर्ष उमेरका मान्छेले ७० ग्रामभन्दा धेरै मासु एकदिनमा खानुहुन्न । जसले मोटोपना, कोलेस्ट्रोल जस्ता समस्याहरु देखिन्छ । रातोमासुमा कोलेस्ट्रोल धेरै हुने भएकोले धेरै खानु हुन्न ।

हुन त फलफूलमा पनि कार्बोहाइड्रेट हुन्छ । तर यसमा फाइबर, मिनरल पनि हुन्छ । त्यसैले फलफूल खाँदा जोखिम मानिरहनु पर्दैन । तर किरा नियन्त्रणको लागि भनेर किटनाशक औषधि हाल्नु भने समस्याको कारण हो । च्याउहरु अंगुर जस्ता फलफूलमा यस्तो मिसावट हुन सक्छ । यसको नियन्त्रणको लागि घर ल्याएपछि राम्रोसँग पानीमा डुबाएर खायो भने यसले समस्या सिर्जना गराउँछ ।

फेरि फलफूल खान हुन्छ भनेर टन्न गाजर, मुला जस्ता फलफूलहरु खान थालियो भने यसले पनि शरीरलाई नोक्सानी पु¥याउन सक्छ । सिटौला भन्छन् ‘साग खाने बेलामा पूरा गलाएर होइन, ओइलाए जस्तो देखिएपछि खानुपर्छ । तर राम्रोसँग पखालेर किटनाशक औषधि भने पखाल्नुपर्छ ।

नियमित बाहेकको खाना तालिकाका लागि पोषणविद्सँग परामर्श

यदि मोटोपन नियन्त्रणका लागि होस् या त अरु कारणले पनि खानामा नियन्त्रण गर्नुपर्ने भएमा अनिवार्य पोषणविद्सँग परामर्श लिनुपर्ने सिटौला बताउँछन् । ‘पोषणविद्हरुले तौल घटाउने÷बढाउने जेको लागि पनि एउटा समयतालिका मिलाएर पोषक तत्वयुक्त खानेकुरा खाँदा यसले शरीरमा साइड इफेक्ट निम्त्याउँदैन । त्यसैले मासु कति खाने, अण्डा कति खाने रु कस्तो अवस्थामा के खाने के नखाने भन्ने विषयमा पनि पोषणविद्सँग सल्लाह गर्नुपर्छ ।

 

 

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्