डिसहोमको ‘दिमाग हल्लिने अफर’, सबै भन्दा सस्तोमा इन्टरनेट सेवा

सहयात्रा टिभी

काठमाडौं । असोज १९, डिसहोम फाइबरनेटले सबै भन्दा सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीले ‘दिमाग हल्लिने अफर’ भन्दै मासिक ८ सय ९९ रुपैयाँमा एक सय एमविपिएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।

एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने छ ।

त्यस्तै २०७८ असोज ११ गतेदेखि ‘ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको र योजना अन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने भएका हुन् । भाग्यशाली विजेताहरुको छनोट लक्की ड्र मार्फत गरिने कम्पनीले बताएको छ ।

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्