फेसबुकमाथि आफ्नै पूर्व कर्मचारीले लगाइन गम्भीर आरोप

काठमाडौँ । असोज २०, फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीको साइट तथा एपले बालबालिकामा नराम्रो असर पुगेको, विभाजनलाई प्रत्साहन गरेको तथा आफूहरुको लोकतन्त्रलाई कमजोर पारेको आरोप लगाएकी छन् ।
अमेरिकाको सांसदहरुसँग ३७ वर्षीय पूर्व प्रोडक म्यानेजर फ्रान्सिस हाउगेनले कम्पनीको चर्को आलोचना गरेकी हुन् ।
पछिल्लो समय फेसबुकलाई आफ्नो नियमनका लागि बढी नै जाँच तथा नियम पालनाका लागि समस्याको सामना गर्नु परिरहेको छ ।
संस्थापक मार्क जुकरबर्गले भने कम्पनीलाई बदनाम गर्न झुठो आरोप लगाइएको बताएका छन् ।
उनले कर्मचारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा हानिकारक सामग्रीसँग लड्न, पादर्शितालाई स्थापित गर्न तथा महत्वपूर्ण मुद्दाहरुका लागि कम्पनीले अनुसन्धान कार्यक्रम अगाडि बढाउने प्रयास गरिरहेको बताएका छन् ।