दसैँमा हलमा चल्ने यी दुई फिल्महरु

काठमाडौं । असोज २०, कोरोना भाईरसको महामारीले गर्दा बन्द भएको फिल्म हलहरु लामो समयपछि चल्ने खुसीले दर्शक तथा फिल्मकर्मीमा उत्साह छाएको छ ।
प्रदर्शनको पालो पर्खिने फिल्म धेरै भएपनि यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ मात्र दुई फिल्म हेर्न पाउने छन् ।
त्यस्तै शोभित बस्नेतले निर्देशन गरेको फिल्म हो ‘डाँडाको वरपीपल’ । एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
साथै ‘धन्दागिरी’ एनबी अन्जानले निर्देशन गरेको फिल्म हो । फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।