नागा र सामन्था छुट्टिनुको एउटा अर्को रहस्य

सहयात्रा टिभी

काठमाडौं । असोज २०, दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिरीएका छन् ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए ।

नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए भन्ने जानकारीमा आएको छ।

त्यस्तै सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

सामन्था र नागा छुट्टिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए ।

–मुम्बई(बलिउड लाइफ)

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्