विन्टर फियर अवार्ड ‘कठपुतलीः द पपेट’ ले हात पार्न सफल

सहयात्रा टिभी

काठमाडौं । असोज २०, ‘विन्टर फिल्म अवार्ड’ अन्तर्गतको ‘उत्कृष्ट हरर फिचर’ विधामा ‘कठपुतली: द पपेट’ले अवार्ड जित्न सफल भएको छ ।

भिमसेन लामाको निर्देशनमा बनेको उक्त फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा पनि छनोटमा परेको छ । फिल्ममा कलाकारहरु कर्मा, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केको प्रमुख भूमिका रहेको छ ।

यो फिल्म निर्देशक लामा र मल्लको पहिलो डेब्यु फिचर फिल्म हो । यो फिल्मको नेपाल प्रदर्शन भने पक्का भइसकेको छैन ।

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्