तलबभत्ता माग गर्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलिमा उत्रिए

म्याग्दी । असोज २०, तलबभत्ताको माग गर्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
तीन महिनादेखि तलब निकासा नदिएको भन्दै उनीहरुले पेन डाउन गरेर ओपीडी सेवा ठप्प पारेका हुन् ।
लेखापाल नारायण सुवेदीले तीन महिनादेखी तलब निकासा नदिएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन् ।
त्यस्तै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेल र लेखापाल सुवेदीबीच गत आर्थिक वर्षमा बिल भुक्तानी विषयमा मतान्तर हुँदा कर्मचारीको तलब निकासामा समस्या भएको अस्पताल निकट स्रोतले बताएको छ ।
उनीहरूबीचको विवादका कारण कर्मचारीको तलबभत्ता, आमा सुरक्षा कार्यक्रम अर्न्तगत अस्पतालमा सुत्केरी भएका आमाहरुले पनि तीन महिनादेखि सुत्केरी भत्ता पाएका छैनन् ।
सरकारले स्वास्थ्य संस्थामा मै सुत्केरी भए बापत २ हजार र चार पटक गर्भजाँच गाएका थप ८ सय प्रोत्साहन भत्ता दिने गरेको बताईएको छ ।