इटहरीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी

इनरुवा । असोज २१, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर बुधबार राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको छ ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्