सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असोज २१, आजको नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ।

हिजो छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम छ ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्