दशैँमा सेनाहरुलाई सहुलियत बस तथा हवाइ सेवा प्रदान

सहयात्रा टिभी

काठमाडौं । असोज २१, काठमाडौँ नेपाली सेनाले दशैंमा घर बिदामा जाने नेपाली सेना तथा तिनका आश्रित परिवारहरूका लागि सहुलियत बस तथा हवाई सेवा प्रदान गर्ने भएको छ ।

त्यस्तै जंगी अड्डाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा, सुविधा अन्तर्गत दशैँ बिदामा घर जानेहरुका लागि सहुलियतको यातायात सुविधा प्रदान गर्ने भएको नेपाली सेनाले जनाएको हो ।

सेनाले असोज १८ गतेदेखि ३० गतेसम्म बस तथा हेलिकप्टर सेवा संचालन गरेको जनाएको छ । यसमार्फत ५ सय २० जना बस तथा ८६ सैनिक हवाई सेवा मार्फत घर पुर्‍याउने सेनाले जनाएको छ ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्