बलिउड अभिनेत्री काजोल फिल्म ‘ल हास्ट हुर्रा’ मा काम गर्ने

काठमाडौं । असोज २१, बलिउड अभिनेत्री काजोल देवगनले नयाँ फिल्ममा ‘ल हास्ट हुर्रा’ काम गर्ने घोषणा गरेकी छिन्।
काजोलले फिल्मबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। नयाँ फिल्म घोषणा गर्न पाउँदा निकै खुसी लागेको र फिल्मको कथा निकै मन छुने भएर एकैछिनमा फिल्ममा काम गर्न तयार भएको उनले उल्लेख गरेकी छिन्।