आज मन्त्रिपरिषद विस्तारको तयारी

सहयात्रा टिभी

काठमाडौँ । असोज २२, गठबन्धन दलहरुले आज मन्त्रिपरिषद विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यसअघि भएको बाँडफाँटमा पनि हेरफेर गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए । सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नकेपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिनेछन् ।

यस्तै, कांग्रेस, माओवादी र नेकपा एसले १–१ राज्यमन्त्री पनि पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ ।

प्रधानमन्त्री बनेको तीन महिना पुग्न दुई दिन बाँकी रहँदा देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । जननिर्वाचित प्रतिनिधिलाई मन्त्री बनाउने संवैधानिक व्यवस्था रहे पनि प्रधानमन्त्री देउवाले गैरसांसदलाई पनि शपथ खुवाउने तयारी गरेको बुझिएको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराका जेठान गेजन्द्र हमाललाई मन्त्री बनाउन लागिएको स्रोतले बतायो । शपथका लागि हमाल नेपालगन्जबाट काठमाडौं आइसकेका छन् ।

प्रकाशित : 8 October, 2021

प्रतिक्रिया दिनुहोस्