आज नवरात्रिको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजाआराधना गरि मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । असोज २२, बडादसैँको दोस्रो दिन आज ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदै छ ।

बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो भने ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।

देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई ुदधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा । मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।

सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।

प्रकाशित : 8 October, 2021

प्रतिक्रिया दिनुहोस्