बलिउडका सात महँगा डिभोर्स, को को हुन् त ?

काठमाडौं । असोज २२, दक्षिण भारतीय चलचित्र कलाकार नागा चैतन्य र समन्थाले अक्किनैनीले सम्बन्ध विच्छेद गरेका छन् ।
समन्थाले यो डिभोर्सका लागि ५० करोड माग गरेपछि बलिउडमा यसको निकै नै बढी चर्चा भएको थियो । उनले माग गरेको उक्त रकम अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।
फरहान अख्तर र अदुना भावनी:
फरहान र अदुनाले १६ वर्ष लामो अफ्नो वैवाहिक जीवनलाई सन् २०१६ मा टुङ्ग्याएका हुन् । पछि उनले १० हजार स्क्वायर फिटको मुम्बईमा रहेको बिल्डिङ लिइन् । त्यसबाहेक फरहानले सन्तानको भविष्यका लागि खर्च पनि गर्ने निर्णय गरेका थिए ।
अरबाज खान र मलाईका अररा:
पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहेर विवाह गरेको १३ वर्षपछि यो जोडिले छुट्टिएपछि डिभोर्सका लागि मलाईकाले १५ करोड माग गरिन् ।
ऋतिक रोशन र सुजैन खान:
ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भारतको मात्र नभई विश्वकै सबैभन्दा महँगो डिभोर्समध्ये एक मानिन्छ । डिभोर्सपछि सुजैन खानले ४०० करोड रुपैयाँ माग गरेकी थिइन् । जसमध्ये ३८० करोड उनीहरूलाई दिइएको थियो ।
सैफ अली खान र अमृता सिंह:
सैफ अलि खान र अमृता सिंहको डिभोर्स पनि महँगो मध्येको एक हो । सैफसँग डिभोर्सको समयमा अमृताले ५ करोड पाउने तय भएको थियो । उनीहरुको छोरा इब्राइन १८ वर्ष पुगिन्जेल प्रत्येक महिना एक लाख दिने पनि उनले दिन सहमति भएको थियो ।
करिश्मा कपुर र सञ्जय कपूर:
करिश्मा कपूरको विवाहको १३ वर्षपछि सन् २०१६ मा सञ्जय कपूरसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सञ्जयसँग सम्बन्ध विच्छेद भएपछि करिश्माले मुम्बईको खार क्षेत्रमा एउटा घर र बच्चाहरूका लागि १४ करोड पाएकी थिइन् । उनीहरूका दुई सन्तानको हेरचाहका लागि सञ्जयले करिश्मालाई हरेक महिना १० लाख रुपैयाँ तिर्ने गरेका छन् ।
आदित्य चोपडा र पायल खन्ना:
आदित्यको डिभोर्स पनि भारतको सबैभन्दा महँगो डिभोर्समध्ये एक हो । आदित्यले आफ्नी पत्नी पायलसँग सम्बन्ध विच्छेद गर्न ५० करोड रुपैयाँ तिरेका थिए ।