भेरी अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

नेपालगन्ज । असोज २२, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमित मृत्यु भएको छ।

फाइल तस्वीर

बिहीबार दिउँसोदेखि गएराति सम्ममा अस्पतालमा उपचाररत दाङ र बर्दियाका गरी ४ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–१ दाङकी ३७ वर्षिया महिला, बारबर्दिया नगरपालिका–११ बर्दियाकी २२ वर्षिया महिला , बर्दियाकै राजापुर नगरपालिका ४ की ५२ वर्षिया महिला र राजापुर बर्दियाकै ३५ वर्षिय एक पुरुषको गएराति भेरी अस्पतालमै मृत्यु भएको छ।

प्रकाशित : 8 October, 2021

प्रतिक्रिया दिनुहोस्