देउवाले हात जोडेर व्यङ्ग्य गर्दै मन्त्री बनाइदिन गरेको विन्ती पूरा

सहयात्रा टिभी

काठमाडौं । असोज २२, अहिले एमालेबाट फुटेर नेकपा एस बनेका विरोध खतिवडा, रामकुमारी झाक्री र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का भएको छ ।  प्रेम आले र भवानी खापुङ मध्येबाट पनि मन्त्री बन्ने बुझिएको छ ।

 

 एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ साउनमा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए प्लिज मेरो पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस् । उनले यसो भनेको दुई महिना हुनलागेको छ ।

बल्ल आज उनले भनेका मान्छेहरु मन्त्री बन्दैछन् । त्यतिबेला माधवकुमार नेपाल एमालेमै थिए । उनीसहित सांसदहरु विद्रोहको तयारीमा थिए । ओलीले व्यङ्ग्य गर्दै भनेका थिए पछि लगाइसक्नुभयो फ्याँ फ्याँ गरेका छन्, चाकडीमा विहान बेलुका धाएका छन् मन्त्री बनाइदिनुहोस् । अलि अलि घाटा सहुँला ।

 

 

प्रकाशित : 8 October, 2021

प्रतिक्रिया दिनुहोस्