भारतबाट नेपालले खरिद गरेको१० लाख डोज कोभिसिल्ड आउदै

सहयात्रा टिभी

काठमाडौं । असोज २२,   स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भोलि २ बजेतिर एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने बताए ।

खोप आएपछि क–कसलाई लगाउने भनेर हामी योजना बनाउँदैछौँ ।पहिला छुटेकाले खोप पाउनेछन्  । भारत सरकारले कोरोना महामारीको दोश्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएपछि खोप आउन पाएको थिएन । गत फागुन ५ मा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज आउन बाँकी थियो ।

प्रकाशित : 8 October, 2021

प्रतिक्रिया दिनुहोस्