दिल्लीमा बिजुली संकट गहिरिँदै, सहयोग गर्न मुख्यमन्त्री केजरीवालद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

काठमाडौँ । असोज २४, भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा विद्युत संकट निम्तन सक्ने चेतावनी दिएका छन् ।
देशभर कोइला संकटका कारण उर्जा गृहहरुमा आपूर्ति प्रभावित भएकोले दिल्लीमा बिजुलीको संकट निम्तन सक्ने मुख्यमन्त्री केजरीवालले बताएका हुन् । दिल्लीमा कोइलामार्फत सञ्चालित पावर प्लान्ट्समार्फत बिजुली आपुर्ति हुँदै आएको छ ।
मुख्यमन्त्री केजरीवालले पावर प्लान्ट्सका लागि आवश्यक कोइला आपूर्तिका लागि केन्द्र सरकारसँग सहयोगका लागि आग्रह गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रसमेत लेखेका छन् ।
एक ट्वीट गर्दै मुख्यमन्त्री केजरीवालले कोइलाको अभावका कारण दिल्लीमा बिजुलीको संकट देखिँदै गएको बताएका छन् ।
दिल्लीका ऊर्जा मन्त्री सत्येन्द्र जैनले यदि अहिलेकै अवस्था कायम रहे दुई दिनभित्र राजधानी दिल्लीले ब्लाकआउटको सामना गर्नु पर्ने चेतावनी दिएका छन् ।