दैलेखमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

दैलेख । असोज २४, दैलेखको दुल्लु नगरपालिका–१, दरबारेभिरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते छन् ।
त्यस्तै सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना६ख ९२२ नम्बरको बस हिजो बेलुका करिब साढे ८ बजे अनियन्त्रित भएर भित्तामा ठोक्किन पुगेको थियो ।
बस चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुले बताएको छ ।
बसमा सवार अछामको पञ्चदेवल गाउँपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार आठजनालाई उपचारको लागि अस्पताल पठाइएको छ ।