तालिवान र अमेरिकाबीच वार्ता हुँदै

काठमाडौं । असोज २४, अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा जमाएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने लागेको छ ।
वार्ता कतारको राजधानी दोहामा तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा हुन लागको हो ।
अफगातिस्तानमा रहेका चरमपन्थी समूह र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिवानी अधिकारीहरूबीच वार्ता हुन लागेको बताईएको छ ।
गत अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिवानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । एजेन्सीको साथमा ।