रेडपाण्डाको छालासहित एक व्यक्ति पक्राउ

बाँके । असोज २४, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।