कंगोमा डुङ्गा दुर्घटना हुँदा ५० भन्दा बढी मानिसको मृत्यु

काठमाडौं । असोज २४, कंगोमा डुङ्गा दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको अलजिराले जनाएको छ ।
दुर्घटनामा परी ६० भन्दा बढी बेपता भएका छन् भने ३९ जनाको सुरक्षित साथ उद्धार गरिएको छ ।
दुर्घटनालाई लिएर प्रान्तीय अधिकारीहरुले तीन दिनको शोकको घोषणा समेत गरेका छन् ।
अधिकारीहरुले खराब मौसम वा ओभर लोडका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् ।