डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

सहयात्रा टिभी

काठमाडौं । असोज ३१, देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ ।

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेकोजानकारी बिक्रिप्रबन्धक मनोज शर्माले दिनु भएको छ र नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।

अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिकमात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नु हुनेछ ।

अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ ।

२०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सनलिने चार जनाभाग्यशाली ग्राहकहरु स्पेन घुम्न जानपाउने छन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्यच्यानलहरुमा हुनेछ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : 17 October, 2021

प्रतिक्रिया दिनुहोस्