आजबाट सरकारी कार्यालय खुल्यो

काठमाडौं । असोज ३१, नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् ।
असोज २६ गते फूलपातिका दिनदेखि सरकारी बिदाका कारण ५ दिनसम्म सरकारी कार्यालयहरु बन्दा रहेका थिए ।
फूलपातीदेखि एकादशिसम्म सरकारले दशैंको बिदा दिएको थियो ।
आज, दशैंको द्वादशीदेखि सम्पूर्ण कार्यलयहरु खुलेका हुन् । विजयादशमी भने कोजाग्रतपूर्णिमासम्म मनाउने चलन रहेको छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दशैं १५ दिनसम्म मनाउने गरिन्छ । आजबाट सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहीको चहलपहल भने कम छ ।
यो वर्ष पनि १० लाख भन्दा बढी मानिसहरु काठमाडौं उपत्यका छोडेर दशै मनाउन आफ्नो घर फर्किएका छन् । दिनहुँ जसो ट्राफिक जाम झेल्नु पर्ने काठमाडौं उपत्यकामा केही दिन यतादेखि भने सडकमा सवारीसाधनको चाप छैन ।