दशैं पछिको पहिलो शेयर कारोबार बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असोज ३१,  दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कारोबारमा भने उल्लास देखिएन । कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।

 

प्रकाशित : 17 October, 2021

प्रतिक्रिया दिनुहोस्