स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । कार्तिक १, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ गोलले हराएको हो ।
खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए पनि लामो समय टिक्न सकेन ।
१३औँ मिनेटमा अन्सु फाती, ४१औँ मिनेटमा मेम्फिस डिपे र ८५औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना ८ खेलमा १५ अंकसहित सातौं स्थानमा छ । भ्यालेन्सिया १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।