ढोरपाटनमा दिईयो सिकारका लागि अनुमति

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १, नेपालको एक मात्र सिकार क्षेत्र ढोरपाटनमा भोलिदेखि पहिलो यामको सिकार सुरु हुने भएको छ ।

एक महिना चल्ने सिकार याममा यो साता सात नाउर र झारलको सिकार हुने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको बताएको छ ।

यो बर्ष फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीहरु सिकारको लागि आउने ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

प्रकाशित : 18 October, 2021

प्रतिक्रिया दिनुहोस्