आईसीसी टी–ट्वान्टी विश्वकपमा आज पनि दुई खेल हुँदै

काठमाडौं । कार्तिक १, आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
ओमानको अल अमारतमा हुने पहिलो खेलमा अपराह्न ३:४५ बजे आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुँदैछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।