नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते

सहयात्रा टिभी

नुवाकोट । कार्तिक १, नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना हुदा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : 18 October, 2021

प्रतिक्रिया दिनुहोस्