कोरोना अपडेटः ५९१ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १, पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : 18 October, 2021

प्रतिक्रिया दिनुहोस्