सार्वजनिक सवारी साधनको भाडा ३५ रुपैयाँ

काठमाडौं । कार्तिक २, कात्तिक १ गते देखि लागु हुने गरी वागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा २३ प्रतिशत सम्म भाडा बृद्धि गरेपछि काठमाडौंमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने भएको बताईएको छ ।
प्रदेश सरकारले बृद्धि गरेको भाडादर अनुसार अव काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागको अनुरोधमा २०७५ साल पछि प्रदेश अन्तर्गत पहिलो पटक भाडादर समायोजन गरेको मन्त्रालयले जनाएको छ । बृद्धि गरेको भाडादरअनुसार १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने निर्णय भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
यात्रुले तोकिएको भाडादरसँगै सामाग्रीहरु बोकेमा १५ केजीसम्म निःशुल्क र त्यस भन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सामाग्री लैजान पाउने भएका छन् ।