एएफसी यू–२३ एसियन कप छनोटको लागी नेपाली यू–२३ टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं । कार्तिक २, एएफसी यू–२३ एसियन कप छनोटका खेल्न नेपाली यू–२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।
नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।
छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।