सवारी दुर्घटनामा २ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २, लमजुङको मर्स्याङदी गाउँपालिका हाईस्कुल डाँडास्थित सडकमा ग १ त ५५६५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक दोर्दी गाउँपालिका शेरा बस्ने २१ वर्षीय मन बहादुर गुरुङको मृत्यु भएको छ ।

 

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका जालपा पेट्रोल पम्पस्थित सडकमा को ४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिटि सफारीमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित : 19 October, 2021

प्रतिक्रिया दिनुहोस्