गाएरै जीविकोपार्जन गर्ने हानाका लागि मञ्चमा गएर गाउन नसक्नु सामान्य कुरा थिएनःचार्ली चाप्लिन

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २, काम नपाउनु भनेको आम्दानीको स्रोत बन्द हुनु थियो। अनि पैसा नहुनु भनेको आफू र आफूमा आश्रित परिवारका सदस्यको जीवन कष्टकर हुनु पनि थियो।

गीत गाएरै जीविकोपार्जन गर्ने हानाका लागि मञ्चमा गएर गाउन नसक्नु सामान्य कुरा थिएन। दर्शकको ताली पाइरहेकी उनलाई गाली गर्नु र जुत्ताचप्पल फ्याँकिनुले धेरै पर पुर्‍यायो। दर्शक रुष्ट हुनु भनेको त्यसपछिका दिनमा काम पाउन गाह्रो हुनु पनि थियो।

यस्तै सोचेर मञ्चमा उभिइरहेकी हानालाई ५ वर्षका छोरा चार्लीले एउटा कुनामा बसेर हेरिरहेका थिए। आमालाई त्यस्तो अवस्थामा देखेर चार्लीलाई असह्य भयो। उनी केही नसोची सरासर मञ्चमा गए। आमाको छेउमा उभिए र आमाले गाइरहेको गीत आफ्नो कलिलो आवाजमा गाउन थाले।

चार्ली मञ्चमा गएपछि जुत्ताचप्पलको वर्षा बन्द भयो। उनले गाउन सुरु गरेपछि दर्शक चुप लागेर सुन्न र हेर्न थाले। दर्शकरश्रोतालाई त्यो रमाइलो लाग्न थाल्यो। त्यसपछि मञ्चमा जुत्ताका साटो सिक्का बर्सिन थाले। त्यो घटनाले चार्लीलाई बुझायो( आफ्नो दुःख, पीडा दर्शकरश्रोताका लागि भने मनोरञ्जनको विषय बन्न सक्दो रहेछ।​

चार्लीका हाँस्ने कारण

सन् १८८९ अप्रिल १६ मा बेलायतको लण्डनमा जन्मेका चार्लीलाई सानैदेखि अभिनेता बन्ने रहर थियो। उनी स्कुल जान्थे तर पढाइमा मनै लाग्दैनथ्यो। सानै उमेरदेखि उनले मञ्चमा कार्यक्रम गर्न थाले। उनी नबोलेरै धेरै कुरा भन्थे।

गरिबीलाई नजिकबाट नियालेका उनले हरेक प्रस्तुतिमा नबोलीकन आफैंले देखेभोगेका कथा प्रस्तुत गर्थे। उनको प्रस्तुतिमा मानिस खुब हाँस्थे अनि आफ्नो दुःखमा मान्छेहरू हाँसेको देखेर उनी मनमनै हाँस्थे। उनले त्यसपछि हाँसो र रुवाइ भनेको के रहेछ भन्ने कुरा बुझे।

एउटाको दुःखको कारण

अर्कोको हाँसोको कारण पनि बन्न सक्दो रहेछ भन्ने उनले बुझे। उनलाई आफूले भोगिरहेको जीवन बाहिरबाट हेर्दा कमेडी देखिँदो रहेछ जस्तो लाग्यो। त्यसैले आफ्ना सबै दुःख कमेडीबाट देखाउन थाले। उनी दुःखी हुने र रुनुपर्ने थुप्रै कारण थिए।

आफ्नो परिवार आर्थिक रूपमा बलियो नहुनु त थियो नै साथै घरमा बाबुआमाको बेमेल, स(साना कुरामा झगडा, बुवाआमाको सम्बन्धविच्छेद, छुट्टिएर आमासँग अनाथालयको वास, आमाको मानसिक सन्तुलन गुम्नु, सरकारले बुवालाई आफ्नो जिम्मा दिनु अनि सौतेनीआमाले दुर्व्यवहार गर्नुजस्ता घटनाले उनको बाल मस्तिष्कमा दीर्घकालीन असर पारेको थियो। उनी ती सबै कुरा मञ्चमा देखाउँथे अनि सबैलाई हसाउँथे।

प्रकाशित : 19 October, 2021

प्रतिक्रिया दिनुहोस्