बाढी पसेर विराटनगर विमानस्थल जलमग्न, उडान रद्ध

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ३, लगातारको वर्षाले बाढी पसेपछि जलमग्न भएको विराटनगर विमानस्थल अवरुद्ध भएको छ ।

केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

बाढीका कारण डुबानमा परेपछि बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिए ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु रद्ध भएका थिए ।

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्