दुहबी सबस्टेसन डुबानमा, प्रदेश १ मा विद्युत् आपूर्ति बन्द

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ३, प्रदेश १ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुबानमा परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ ।

विद्युत आपुर्ति बन्द भएसँगै प्रदेश १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ ।

सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेको छ । अहिलेसम्म मुख्य उपकरणमा भने क्षति नपुगेको बताइएको छ ।

वर्षा नरोकिए उपकरणहरुमा ठूलो क्षति पुग्ने खतरा बढेको छ । उपकरणहरुमा क्षति पुगे विद्युत आपूर्ति केही दिन बन्द हुन सक्ने बताइएको छ ।

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्