महाकाली नदीमा ९० वर्षयताकै ठूलो बाढी

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३, महाकाली नदीमा ९० वर्षयताकै ठूलो बाढी आएको विपत व्यवस्थापन विज्ञहरुले बताएका छन् ।

बाढी पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार मंगलबार महाकालीको परिगाउँमा बाढीले खतराको तह ९.०३ मिटर पार गरेको थियो ।

बाढीले महाकाली र कर्णालीमा खतराको तह पार गरेको छ । बंगालको खाडीमा विकास भएको न्यून चापीय वायुको प्रभाव उत्तरपश्चिम सर्ने क्रममा र अफगानिस्थान र पाकिस्तानमा देखिएको पश्चिमी वायु र त्यसको असरले नेपालको पनि मौसम प्रभावित भएको छ ।

मंगलबारदेखि पूर्वका कन्काई, तमोर, दूधकोशी, अरुण नदी, चुरे क्षेत्र हुँदै बहने अन्य खोला नदीमा बाढीको जोखिम रहने बाढी शाखा प्रमुख श्रेष्ठले बताए । बाढीको प्रत्यक्ष प्रभाव कञ्चनपुरको भिमदत्तलगायत आसपासका भेगमा देखिएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । महाकाली र जोगबुढा नदीको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र चाँदनी दोधाराका दुई सय भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्