राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता
सहयात्रा टिभी
काठमाडौं । कार्तिक ३, नेपाल राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ ।
कात्तिक १ गतेबाट केही बैंकले ब्याज दर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । मंगलबार मात्र उद्योग संगठन मोरङले बजारमा तरलता अभावको कारण देखाउँदै गरिएको व्याजदर अबिलम्ब पुनरावलोकन गरी एकल अंकमा नबढ्ने गरी निर्धारण गराउन संगठनले केन्द्रीय बैंक समक्ष माग गरेको थियो ।
ब्याजदर बढ्नुमा मौद्रिक नीतिमा गरिएको सिडी अनुपातको व्यवस्था नै मुख्य कारक भन्दै यसलाई परिमार्जन गर्न पनि संगठनले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । राष्ट्र बैंकको पछिल्लो निर्देशनमा अबदेखि जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने व्यवस्था गरिएको छ ।